टेलिभिजनकी चर्चित नायीका लीना आर्चायको गएराति निधन भएको छ । डेढ वर्षदेखि मृगौंला रोगबाट पीडित नायिकाकी आमाले मृगौंला दान गरेतापनि उनलाई बचाउन नसकेको अस्पतालले जनाएको छ ।
एवीपीमा प्रकाशित समाचार अनुसार लीनालाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो । शनिबार उनको मृगौला सम्बन्धी समस्याका कारण मृत्यु भएको हो । लीनाको निधनको खबर सुनेपछि फिल्म उद्योग शोकमा डुबेको छ ।
‘हिचकी, गन्दीबात, आपके आजाने से और मेरी हानिकारक बीवी’ जस्ता फिल्म र वेब सीरीजमा उनी देखा परेकी थिइन् । चर्चित अभिनेता रोहन मेहराले उनको इन्स्टाग्राम स्टोरीमा लीनासँग उनको तस्वीर शेयर गरेका छन् ।
रोहनले लेखेका छन् – ‘तपाईको आत्मा शान्तिमा रहोस्, लीना म्याम, गत वर्ष, हामी यस समयमा सँगै २०२० को शूटिङ्ग गर्दै थियौं । तपाईंको धेरै याद आयो ।’