राजनीति

ओलीले देउवालाई राखे आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव

ओलीले देउवालाई राखे आठ मन्त्रालयसहित सहकार्यको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्। शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेको एक उच्च राजनीतिक स्रोतले बताएको छ ।

देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको समेत स्रोतको दाबि छ ।

प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि थपिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव ओलीले राखेको स्रोतले बतायो।

यसैक्रममा देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७