विचित्र संसार

मायाले होला कि पैसाले : २५ बर्षिय युवतीले गरीन् ७० बर्षिय बृद्धसँग बिहे

मायाले होला कि पैसाले : २५ बर्षिय युवतीले गरीन् ७० बर्षिय बृद्धसँग बिहे

 सबैलाई थाहा नै छ कि संसारका प्राय: महिला तथा पुरुषहरु जीवनमा एकपटक बैवाहिक सम्बन्धमा बाँधिने गर्छन। यसरी बैवाहिक सम्बन्धमा रहन इछुक महिला तथा पुरुषको उमेरमा केही वर्षको फरक हुनु सामान्य रुपमा हेर्ने गरिन्छ।

तर कहिलेकाँही यस्तो अचम्मलाग्दो जोडी समेत देख्न सकिन्छ कि जहाँ महिला र पुरुष बीचको उमेरमा निकै अन्तरल भएको हुन्छ।

आजभोलि सामाजिक संजालमा एक जोडीको बिवाहको तस्बिर भाइरल भईरहेको छ। एक वृद्ध व्यक्तिले युवतीसंग बिहे गरेका तस्बिर विभिन्न मिडिया मार्फत भाइरल भएपछि संसारभरका मान्छेहरुले अचम्मित मान्दै उक्त यूवतीप्रति दया देखाएका छन्।

तस्बिर हेर्दा तपाईहरु जो कोहिले अचम्मित मान्न सक्नुहुन्छ र तपाईको मनमा प्रश्न उठ्न सक्छ कि आफू भन्दा करिब ४५ वर्ष कान्छी यूवती विहे गर्ने पुरुष को हुन् ?

यसरी आफु भन्दा धेरै कान्छी यूवतीसंग बिवाह गरेर सामाजिक संजालमा भाइरल हुने यी वृद्धा भारतका ७० वर्षीय राजेश कुमार हिमतसंग्का हुन्। उनि एक प्रसिद्ध व्यापारी रहेको र यसैगरी हाल उनि हिमतसंग्का अटो ईन्टरप्राइजेजका कार्यकारी निर्देशकको पदमा अहिले सम्मपनि रहेका छन्।

उक्त कम्पनि उनको निजि रहेको र परिवारका अन्य सदस्यले समेत यसमा उनलाई सहयोग गर्ने गरेका छन्।

जब राजेश कुमार हिमतसंग्काको बिवाह पश्चात सामाजिक संजालमा तस्बिर भाइरल भएको र आफ्नो निजि मामलामा समेत गलीगलौच आउने गरेकाले आफु चिन्तित रहेको उनि बताउछन्। उनले आफ्नो पूर्व पत्नीको मृत्यु पश्चात यी युवतीसंग बिवाह गरेको बताईएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal