प्रवास

अमेरिकीमै अस्ताए गोरखाका सुरेश !

अमेरिकीमै अस्ताए गोरखाका सुरेश !

गोरखा : अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दुर्घटनामा मृत्यु भएको छ ।

शहीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको खबर अन्नपुर्ण पोष्टमा शिव उप्रेतीले लेखेका छन् ।

उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठक्कर दिएको थियो । उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यु भएको उनका आफन्त राजेश श्रेष्ठले बताए ।

श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७