Uncategorized

यस्तो ५ अवस्थामा झुक्किएर पनि नखानुस् केरा

यस्तो ५ अवस्थामा झुक्किएर पनि नखानुस् केरा

केरा स्वास्थ्यका लागि निकै फाइदाजनक फलफूल हो । दैनिक एउटा केरा खानसकेको खण्डमा स्वास्थ्यमा निकै फाइदा हुन्छ ।केरामा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ ।

केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । धेरै मात्रामा केरा खादा मोटाइने समस्या बढ्ने भएकाले मोटोपनको समस्या भएकाले खान कम गर्नुपर्छ ।

केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ । केरामा भिटामिन बी–६ हुन्छ । यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।

केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ । त्यसैले यस्ता समस्या छ भने केराबाट टाढा रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७