अन्तर्राष्ट्रिय

८३ वर्षका धर्मगुरु पोप फ्रन्सिसको अचम्मको पारा, बन्यो भाइरल

८३ वर्षका धर्मगुरु पोप फ्रन्सिसको अचम्मको पारा, बन्यो भाइरल

क्याथोलिक चर्चका प्रमुख धर्मगुरु ८३ वर्षका पोप फ्रन्सिसको बारेमा एक मोडलले निकै विवादित दावी गरेकी छिन् । उनले आफ्नो अत्यन्तै उत्तेजक फोटोमा पोप फ्रान्सिसको इन्स्टाग्राम अकाउण्टबाट लाइक गरिएको दावी गरेकी छिन् ।

मोडल नतालिया गारिबोट्टोले आफ्नो फोटो लाइक गर्ने १ लाख ३३ हजारमध्ये एउटा पोप फ्रान्सिसको भेरिफाइड इन्स्टाग्राम अकाउण्ट समेत भएको दावी

उनले इन्स्टाग्राममा पोप फ्रान्सिसको अकाउण्टबाट आफ्नो फोटो लाइक गरिएको स्क्रिनसट समेत पोस्ट गरेकी छिन् ।

२७ वर्षकी ब्राजिलियन मोडल नतालिया गारिबोट्टोले आफ्नो फोटो लाइक गर्ने १ लाख ३३ हजारमध्ये एउटा पोप फ्रान्सिसको भेरिफाइड इन्स्टाग्राम अकाउण्ट समेत भएको दावी गरेकी छिन् ।

यद्यपि अहिले भने लाइक छैन । सम्भवतः अनलाइक गरिसकिएको छ । पोप फ्रान्सिसको इन्स्टाग्राम फ्रान्सिस आफैंले चलाउँछन् वा अरुले चलाउँछन् भन्ने प्रस्ट छैन तर यो लाइकको समाचार बाहिरिएपछि भने पोपको विषयमा निकै ट्रोलहरु गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७