प्रदेश

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

पोखरा — पोखरामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझ लमजुङको बेंसीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरामा निधन भएको छ ।

त्यसैगरी बिहीबार बिहान पोखरा–१७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । उनलाई कात्तिक २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन, मधुमेह लगायत समस्या थियो ।

त्यस्तै बिहीबार नै पोखरा–९ की ८९ वर्षीया कोरोना संक्रमित महिलाको पनि निधन भएको छ । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपचारको क्रममा उनको निधन भएको हो । उनलाई कात्तिक २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्या थियो ।

योसँगै गण्डकीमा बिहीबारसम्म १ सय ३० कोरोना संक्रमितको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७