मुख्य समाचार

भोजपुरमा कोरोनाले लियो २४ वर्षिया युवतीको ज्यान

भोजपुरमा कोरोनाले लियो २४ वर्षिया युवतीको ज्यान

प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा कोरोनाबाट पहिलोपटक निधन भएको छ । कोरोना संक्रमण भएकी २४ वर्षिया युवतीको मंगलबार निधन भएको हो ।

मंगलबार षडानन्द नगरपालिका–८ तुङगेछाकी २४ वर्षिया युवतीले कोरोनाको कारण ज्यान गुमाएकी हुन् ।

गत कात्तिक १९ गते युवतीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको थियो ।

भोजपुरमा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएकी युवतीको शव व्यवस्थापन गर्दै नेपाली सेना ।

रिपोर्टपछि घरकै होम आईशोलेसनमा रहेकी उनको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७