Uncategorized

भाइटीकाकै दिन दुर्घटना: बहिनीको मृत्यु, दाइ अस्पतालमा

भाइटीकाकै दिन दुर्घटना: बहिनीको मृत्यु, दाइ अस्पतालमा

@२२ वर्षीया मनिसा लामिछाने सोमबार ‘रेडियो हाम्रो पहुँच’को कार्यालय जाँदै थिइन्।

दाजु विराजलाई टीका लगाएपछि उनी रेडियोमा जान लागेकी थिइन्।

तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीको घरबाट बहिनीलाई रेडियोसम्म छोड्न विराजले मोटरसाइकल चलाए। सोमबार दिउँसो साढे १२ बज्दै थियो। उनीहरू रेडियो जान चोकबाट घुम्दै थिए। तुलसीपुर बजारबाट बत्तिएर आएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दियो।

तुलसीपुर-घोराही सडकको गुल्म चोकमा दाजु बहिनी लडे। प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट आएर चोकमा घुमिसकेको रा १ प ६७२१ नम्वरको मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको लु. अ . अ .क ३९४६ नम्बरको स्कार्पियोले पछाडिबाट ठक्कर दिएको थियो।

लामिछाने दाजु बहिनी सडकमै छटपटाउन थाले। स्कार्पियो भाग्यो। स्थानीयले उद्धार गरी दाजु बहिनीलाई तुलसीपुरकै राप्ती प्रादेशिक अस्पताल पुर्‍याए। घटनास्थल मनिसाको खुट्टा फ्याक्चर भएको थियो। रग_त बगिरहेको अवस्थामा स्थानीयले कपडाले बाँधेर अस्पताल पुर्‍याएका थिए।

उपचारकै क्रममा सोमबार दिउँसो साढे ४ बजेतिर मनिसाको मृत्यु भयो। उनका दाजु विराजको अहिले पनि कोहलपुरमै उपचार भइरहेको छ। खुसीले चाड मनाइरहेका लामिछाने परिवार अहिले शोकाकुल छ।

प्रहरीका अनुसार स्कार्पियो चालक १९ वर्षका थिए। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७