मनोरञ्जन

पहिलो ‘भ्वाइस अफ नेपाल’ बने पोखराका सिडी विजय, कति पाए पुरस्कार ?

पहिलो ‘भ्वाइस अफ नेपाल’ बने पोखराका सिडी विजय, कति पाए पुरस्कार ?

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को फाईनल शुक्रबार सम्पन्न भएको छ । कतारमा भएको उक्त शो मा पहिलो भ्वाइस अफ नेपालको रुपमा पोखराका सिडी विजय अधिकारी बनेका छन् ।

कतारको दोहामा भएको फिनालेमा उनी सबैभन्दा धेरै भोट पाएर विजेता बनेको घोषण सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सँयुक्तरुपमा घोषणा गरेेेेका थिए।

टप ४ मा पर्नेमा सिडि बिजय अधिकारी, कुशल आचार्य, सप्तक दु्रतराज र श्रिजय थपलिया थिए । फाइनलमा पनि उनीहरुले प्रस्तुती दिएका थिए ।

नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएसँगै अधिकारीले बिदेस टुर, २५ लाख रुपैयाँको नगद पुरस्कार २० लाख बराबरको एल्बम कन्ट्याक्ट साथै रेनोको एउटा कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal