मुख्य समाचार

बालुवामा गाडिएको अवस्थामा जीवित शिशुको उद्धार

बालुवामा गाडिएको अवस्थामा जीवित शिशुको उद्धार

सप्तरी : बालुवामा गाडिएको नवजात शिशुलाई शुक्रबार जीवितै उद्धार गरिएको छ । बोदे बरसाईन नगरपालिका-५ जाँजरस्थित खडक खोलामा गाडिएको अवस्थामा फेला परेको नवजात शिशु बालकलाई जिवितै उद्धार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइए

स्थानीय उमेश साहका अनुसार टाउकोदेखि पेटसम्मको भाग खडक खोलाको बालुवामा गाडिएको अवस्थामा बालक फेला परेको हो । शिशुको खुट्टाको भाग देखेर स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका सई अयोधिशरण यादवले बताए ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको शिशुलाई रेफर गरेपछि साँझ शिशुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । अस्पताल प्रहरी बिटका प्रहरी हवल्दार रामशंकर यादवका अनुसार शिशुलाई लिएर अस्पताल आउने स्थानीय दम्पत्तीको जिम्मा लगाएर धरान पठाइएको छ । शिशुका बुवा-आमाको भने प्रहरीले खोजी गरिरहेको छ । मनोहर पोखरेलले अन्नपुर्ण पोष्टमा समाचार लेखेका छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७