राजनीति

कांग्रेसमा यी नेेताहरुले उठाए नेपाललाई ‘हिन्दु राज्य’ बनाउन माग

कांग्रेसमा यी नेेताहरुले उठाए नेपाललाई ‘हिन्दु राज्य’ बनाउन माग

नेपाली कांग्रेसको महासमिति बैठक शनिबारदेखि काठमाडौँमा चलिरहेको छ । देशभरका करिब १४ सय महासमिति सदस्यहरु राजधानी उपस्थित भैसकेका छन् ।

नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष वस्नु पर्ने महासमितिको वैठक काठमाडौको यलम्वर पार्टी प्यालेसमा सुरु वैठक यस अगाडि साविक नवलपरासीको त्रिवेणी धाममा करिब ६ वर्ष अगाडी वसेको थियो ।

नेपाली कॉग्रेसको निति निर्माण र विधिविधान र कार्य योजना वनाउने केन्द्रीय समिति पछिको शक्तिशाली निकाय महासमितिको वैठक १३ औं महाधिवेशन पछि पहिलो पटक वसेेेेको हो ।

नेपाली कॉग्रेस पार्टी भित्र व्याप्त चरम गुटबन्दी र धेराबन्दीले आफ्नो निति नियत र मार्ग विहीन वन्दै कमजोर हुदै गएको दलिय हैसियत लाई मजवुत वनाउन यो महासमिति वैठकले के कस्तो निर्णय गर्दछ यतिवेला सवैको ध्यान कॉग्रेस महासमिति वैठकमा केन्द्रित छ । यसकारण पनि यो महासमिति वैठक अर्थपूर्ण रहेकोछ । नेपालको राजनितीक भविश्यको मार्ग चित्र तय गर्न यो वैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्न सकिन्छ ।

गत निर्वाचनमा वाम गठवन्धन संग लज्जास्पद हार व्होरेको कॉग्रेस पार्टी भित्र हारको कारणलाई पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली एवं कॉग्रेसको आधारभूत निती र सिद्धान्तको स्खलन आदी कारणहरू हुन् भन्ने फरक फरक धारणा र मतहरूका पक्ष विपक्षका फरक फरक प्रस्ताव र कार्ययोजनाहरू महासमिति वैठकमा जोड़ तोडले उठेेेेको छ।

नेपाली कॉग्रेस जनताको नजरमा गिर्यो, जनता रूष्ट भए परिणामत नेपालको दुर्दिन सुरूभए , सत्ताको पर्यावाची पार्टी कॉग्रेस सवल प्रतिपक्ष हुन पनि सकेन भन्ने वास्तविक कॉग्रेस जन र जनताको आवाज लाई यो महासमिति वैठक ले गम्भीरता साथ उठान र कार्यान्वयन गर्ने निस्चित छ ।

नेपालमा हिन्दुराज्यबारे जनमत संग्रह गनुपर्ने र नेपाल लाई आध्यात्मिक सनातन वैदिक धार्मिक स्वतन्त्र राष्ट्र वनाउनु पर्ने आवाज कॉग्रेसका नेताहरु ले प्रमुखता साथ वैठकमा उठाएका छन् ।

दिवंगत नेता खुमबहादुर खड्काले पार्टीमा सर्बप्रथम धर्म निरपेक्षता हटाउनु पर्ने हिन्दुराज्य क़ायम गर्नु पर्ने विषयको बारेमा उठान गरेका मुद्धा महामन्त्री डा. शंशाक कोईराला, केन्द्रिय सदस्य शंकर भण्डारी, मकवानपुरका पार्टी सभापति तथा प्रदेश न.३ को ससंदको विपक्षी नेता ईद्रबहादुर बानियाँ
स्वर्गीय नेता खुमबहादुर खड्का पत्नी तथा केन्द्रीय सदस्य शिला देवि खड्का,पूर्व सांसद राजु थापा, कांग्रेसका युवा नेता मिनकृण्ण महर्जन, मध्यनेपाल नगरपालिकाका प्रमुख तथा महासमिति सदस्य रमेशकुमार पाण्डे, कांग्रेसका यूवा नेता हरिबोल भण्डारी, महासमिति सदस्य आनन्दराज त्रिपाठीले हिन्दुराज्य नेपाल पार्टीको विधानमा नै राख्नका लबिङ थालिरहेका छन् ।

स्व. खड्काको एजेण्डालाई मुर्तरुप दिन उनि निकट रहेर काम गरेका नेताहरु अझ निकै सक्रिय रुपमा यो एजेण्डामा लाग्ने देखिन्छन् ।

त्यस्तै केन्द्रिय सदस्य शंकर भण्डारी नेपाललाई हिन्दु राष्ट्र घोषण नगरे देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी समेत दिदै आईरहेका छन् । विश्व सामु नेपालको परिचय हिन्दु राष्ट्रकै रुपमा चिनाउनु पर्ने र यसलाई नेपाली जनताले गुम्न दिन नहुने उनको जिकिर रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal