मनोरञ्जन

२० वर्षकी भइन् ‘दंगल गर्ल’ जायरा: एउटा कारण फिल्मबाट भइन् टाढा [१० तस्बिर]

२० वर्षकी भइन् ‘दंगल गर्ल’ जायरा: एउटा कारण फिल्मबाट भइन् टाढा [१० तस्बिर]

मुम्बई – जायरा वसीम २० बर्षमा प्रवेश गरेकी छन् । उनको जन्म २३ अक्टुबर, २००० मा भएको थियो । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको भूमिका निर्वाह गरेकी थिइन् ।

उनको अभिनय धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म सुपरहिट बन्यो।

फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पर्यो ।

त्यसपछि उनी अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । फिल्मको सुटिङ पुरा भएपछि उनले फिल्म उद्योग छोड्ने घोषणा समेत गरिन् ।

फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको लेखेकी थिइन् । उनले अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हुदै गएको समेत उल्लेख गर्दै उनले फिल्म उद्योगबाट टाढा भइन्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७