समाचार

डा. केसीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

डा. केसीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

कार्तिक २८,

डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको साेलिडारिटी फर डाक्टर गाेविन्द केसीले जनाएकाे छ । उनकाे श्वासप्रश्वासमा समेत समस्या देखिएको बताइएको छ।

डा केसी अहिले शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७