धर्म/ संस्कृति

यी ४ राशिका पुरुषले पाउछन् असाध्यै सुन्दर श्रीमती

यी ४ राशिका पुरुषले पाउछन् असाध्यै सुन्दर श्रीमती

हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु।

तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस्। यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ।

तुला राशि– सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ। र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन्।

तुला राशि भएका व्यक्ति धेरै समझदार हुन्छन्। यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यीनिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

कन्या राशि -कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ। यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ। जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन्।

कर्कट राशि शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन्। यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविश्यका लागि सजग पनि हुन्छन् ।

यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन्। कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् ।

साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन्। यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह गर्छन्।

मकर राशि मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन्। आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ। उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन्।

मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन्। जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन्।

यो पनि- २० वर्ष पार गरेपछि महिलामा आउँछ यस्ता ५ परिवर्तन

महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ ।

-हर्मोनको असन्तुलन बढ्दै जान्छ । जसका कारण महिनावारीमा समस्या उत्पन्न हुन सक्छ । फलफूल र सब्जीमा प्रशस्तमात्रामा आइरन, भिटामिन, मिनरल्स पाइन्छ । महिनावारीमा समस्या समाधानका लागि प्रशस्तमात्रामा फलफूल र हरियो सब्जी खानुपर्ने हुन्छ ।

-उमेरमा परिवर्तनसँगै महिलामा देखिने अर्को परिवर्तन कपाल (रौं) हो । महिलाको गुप्तांग, छाती र पेटमा अस्वाभाविक रुपमा कपाल उम्रन सक्छ । यस्ता अस्वाभाविक कपाल हटाउनको लागि क्रिम या रेजको प्रयोग गर्नुपर्ने हुन्छ । रेजरको सहायताले रौंलाई स्थायीरुपमा समेत हटाउन सकिन्छ ।

-हर्मोनमा आउने परिवर्तनका कारण कपाल सुख्खा तथा जिंग्रिङ्ग बन्न पनि सक्छ । यस्तो बेला ३-४ चम्चा जैतुनको तेलले मालिस गर्दा उत्तम हुन्छ ।

-युवतीमा देखिने अर्को समस्या-डन्डीफोर । हर्मोनमा हुने परिवर्तनका कारण डन्डिफोरका साथै छाला सुख्खा हुने समस्या समेत उत्पन्न हुनेगर्छ । चिल्लो खानेकुरा कम खानुस्, साथसाथै दिनको २ देखि तीन पटकसम्म अनुहार धुँदा उत्तम हुन्छ । यसले अनुहारमा चिल्लोको मात्रा कम हुन्छ र डन्डिफोरको समस्या हट्छ ।

-महिलाको मेटाबलिज्म स्लो हुँदै जान्छ र तौल बढ्दै जान सक्छ । तौललाई स्थीर राखिराख्नको लागि चिल्लो र कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ । यस्तै दैनिक बिहान ३० मिनेट मर्निङवाक पनि लाभदायक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७