मनोरञ्जन

माल्दिभ्समा काजलका नयाँ ‘हनिमुन लुक्स’, हेराैँ ८ तस्बिर

माल्दिभ्समा काजलका नयाँ ‘हनिमुन लुक्स’, हेराैँ ८ तस्बिर

केहि दिन पहिला बिवाह गरेकी अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् ।

हनिमुन मनाउन माल्दिभ्स पुगेकी उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग जोडिरहेकी छिन् ।

काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् । दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’

उनका सुन्दर तस्बिरमा फ्यनलहरूले तारिफ गर्दै प्रतिक्रिया जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७