अन्तर्राष्ट्रिय

रुसी खोप ‘९२ प्रतिशत प्रभावकारी’

रुसी खोप ‘९२ प्रतिशत प्रभावकारी’

अमेरिकी कम्पनीले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक

मस्को — रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा खोपको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले खोपका दुई डोज लगाएका मानिसलाई कोभिड–१९ को संक्रमण हुने सम्भावना ८ प्रतिशत मात्र

संसारका अरू मुलुकभन्दा पहिला कोभिड–१९ को खोप बनाउने लक्ष्यका साथ रुसले तेस्रो चरणको परीक्षणबिनै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो । उनीहरूलाई खोपका दुवै डोज लगाइएको थियो ।

खोप विकासमा महत्त्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले खोपका दुई डोज लगाएका मानिसलाई कोभिड–१९ को संक्रमण हुने सम्भावना ८ प्रतिशत मात्र भएको बताएको छ ।

‘हामीले तथ्यमा आधारित भएर एउटा प्रभावकारी खोप देखाइरहेका छौं,’ फन्डका प्रमुख किरिल दिमित्रिएभले भने । अमेरिकाको फुड तथा ड्रग एडमिनिट्रेसनले ५० प्रतिशत प्रभावकारिता भएको खोपलाई स्वीकृति दिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७