मनोरञ्जन

नेपाल आइडलको फाईनल नेपालमै : बिजेता उत्कृष्ट ४ बाट सिधै छानिने

नेपाल आइडलको फाईनल नेपालमै : बिजेता उत्कृष्ट ४ बाट सिधै छानिने

एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति रह्यो। यिनै चारबाट अर्को साता सिधै नेपाल आइडलको विजेता घोषणा गरिनेछ

बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए।ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए।

जजहरू कालीप्रसाद बास्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए।< आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए।

अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए। उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal