मनोरञ्जन

नागिन रुपमा देखिइन् श्रद्धा, हेराैँ १० तस्बिर

नागिन रुपमा देखिइन् श्रद्धा, हेराैँ १० तस्बिर

अभिनेत्री श्रद्धा कपुर बलिउडमा निकै चर्चित नायिका हुन । समाजिक संजालमा उनको सबैभन्दा धेरै फ्यान फ्लवाइङ छन् । उनी छिट्टै एक फिल्ममा इच्छाधारी नागिनको भूमिका निर्वाह गर्दैछिन् ।

उनी एक फिल्मको सिक्वेलमा आफुले इच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेको सामाजिक सञ्जाल मार्फत बताएकी हुन् ।

श्रद्धाले अहिले नागिन अवतारको फरक–फरक लुक्स तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई हेरेर फ्यानले उनीप्रति निकै राम्रा प्रतिक्रिया जनाइरहेका छन् । श्रद्धाले तस्बिर आफ्नो इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् ।

जसको क्याप्सनमा उनले लेखेकी छन्– ‘केही उत्कृष्ट आर्टको काम तपाईहरु माझ शेयर गर्दैछु । जसलाई तपाईहरुले नै इडिट गरेर प्यारले निर्माण गर्नुभयो । यी सबैको लागि दिलैदेखि तपाईहरुको आभारी छु । ।’

जहाँ श्रद्धाले आफ्नो फरक–फरक १० नागिन लुक्सको तस्बिर बाहिर ल्याएकी छन् । हरेक नागिन अवतारमा उनी फरक देखिएकी छन् । उनलाई नागिन लुक्स निकै राम्रो देखिएको छ ।

श्रद्धा एक लबस्टोरी फिल्ममा नागिनको अवतारमा देखिन लागेकी हुन् । जसको निर्देशन विशाल फुरियाले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७