समाचार

चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, आर्थिक सहयोगको लागि अनुरोध

चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, आर्थिक सहयोगको लागि अनुरोध

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको ‘स्वास्थ्य गम्भीर’ बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ ।

मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको ‘स्वास्थ्य गम्भीर’ रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति मार्फत जनाएका छन् ।

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले सहयोगदाताहरूसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७