अन्तर्राष्ट्रिय

बिहारमा एनडीएलाई बहुमत, तेजस्वी यादवको पार्टी बन्याे सबैभन्दा ठूलाे दल

बिहारमा एनडीएलाई बहुमत, तेजस्वी यादवको पार्टी बन्याे सबैभन्दा ठूलाे दल

विहारमा फेरि एक पटक राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए) ले सरकार बनाउने भएको छ । विभिन्न तीन चरणमा सम्पन्न विहार विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी) नेतृत्वको एनडीएले बहुमत प्राप्त गरेपछि फेरि सरकार बनाउने भएको हो ।

विहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्नेमा एनडीएले १२५ सिटमा जित हात पारेको छ । जसमा बीजेपीले ७४ सिटमा जित हात पारेको छ । त्यस्तै मुख्यमन्त्री नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) ले ४३ सिटमा जित हात पार्दा गठबन्धनमा रहेका हिन्दुस्तान अवाम मोर्चा(हम) र विकासशील इन्सान पार्टी(भीआईपी) ले समान ४–४ सिटमा जित हात पारे ।

चुनावमा एनडीएलाई कडा टक्कर दिएको महागठबन्धन भने बहुमतको आंकडाबाट थोरै पछि रह्यो ।पूर्वमुख्यमन्त्री लालप्रसाद यादवका छोरा तेजस्वी यादव अध्यक्ष रहेको राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको महागठबन्धनले कुल १ सय १० सिटमा जित हात पाऱ्यो । आरजेडी ७५ स्थानमा जित हात पार्दै सबैभन्दा ठूलो दल बनेको छ । महागठबन्धनमा रहेको भारतीय राष्ट्रिय कांग्रेसले १९ सिटमा जित हात पारेको छ ।

त्यस्तै महागठबन्धमा रहेका कम्युनिस्ट पार्टी अफ इन्डिया(माक्र्सिस्ट–लेनिनिस्ट) (लिबरेसन) ले १२, कम्युनिस्ट पार्टी अफ इन्डियाले २ र कम्युनिस्ट पार्टी अफ इन्डिया(माक्र्सिस्ट) ले २ सिटमा जित हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७