अर्थ

एक्कासी ह्वात्तै घट्यो सुनको भाउ !

एक्कासी ह्वात्तै घट्यो सुनको भाउ !

नेपाली बजारमा सुनको भाउ एकैदिन प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको छ । सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा म‌ंगलबार सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको हो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार एक हजार २ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७