स्वास्थ्य

यी ७ अवस्थामा मेवा खादै नखानुस्, गर्नसक्छ ठुलो हानी

यी ७ अवस्थामा मेवा खादै नखानुस्, गर्नसक्छ ठुलो हानी

मेवा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक चिज हो । यसमा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई लाभ पुर्याउने तत्व पाइन्छ ।

कतिपय अवस्थामा मेवाको सेवन हानिकारक पनि हुनसक्छ । सबै अवस्थामा भन्दा पनि कुनै समयमा मेवाको सेवन शरीरका लागि घातक हुन सक्छ ।

– मेवाको सबैभन्दा बढि हानी हुने भनेको गर्भवती महिलाका लागि हो । मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ ।

– मेवाको सेवन केवल गर्भावस्थामा मात्र होइन सन्तान भएपछि पनि हानिकारक हुन्छ । मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैले बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनु हुँदैन ।

– क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुनसक्छ।

– मेवाको सेवनले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर मधुमेहका साथै रक्तचापका रोगीहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुँदैन ।

– मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना निम्त्याउँछ ।

– पेटमा समस्या भएका वा झाडापखला लागेका मानिसले मेवाको सेवन गर्दा झन् पखाला लाग्ने सम्भावना हुन्छ ।
– मुटु रोग र औषधी सेवन गरिरहेका मानिसले समेत मेवाको सेवन गर्नु हुदैन । –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७