मुख्य समाचार

स्कुटर दुर्घटनामा घाइते १९ बर्षिया प्रिया बुढाथोकीको उपचारको क्रममा मृत्यु

स्कुटर दुर्घटनामा घाइते १९ बर्षिया प्रिया बुढाथोकीको उपचारको क्रममा मृत्यु

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १० मा सोमबार दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

राजाबासबाट गाईघाट तर्फ आउँदै गरेको को ४९ प ९०७० नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ९ की १९ वर्षिय प्रिया बुढाथोकीको न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा सोमबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो ।

उनका भाई १३ वर्षिय युनिक बुढाथोकी पनि घा इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख होम प्रसाद खनालले जानकारी दिए ।

उनी सामान्य उपचार पछि घर फर्किएका छन् । मृ तक युवती गाईघाटको प्याराडाइज बोर्डिङ स्कूलको कक्षा ११ को बोर्ड परीक्षामा सामेल हुन आईरहेको अवस्थामा कुकुरलाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७