अर्थ

नेपालमा यी भारतिय नोट नचल्ने, साथमा छ भने साटिहाल्नुहोस् !

नेपालमा यी भारतिय नोट नचल्ने, साथमा छ भने साटिहाल्नुहोस् !

अब नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् । जस मध्ये दुई सय,पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् ।

यही सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय, पाँच सय र दुई हजार दर भारतीय नोट प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रतिबन्ध गरिएकोले प्रयोग नगर्न र साथमा भए तुरुन्त साट्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७