अर्थ

फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

फेरी बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

पोखरा- नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७