मनोरञ्जन

माल्दिभ्सको समुन्द्रमा बिन्दास काजलः बाहिरिए हनिमुनका ‘हट’ तस्बिर

माल्दिभ्सको समुन्द्रमा बिन्दास काजलः बाहिरिए हनिमुनका ‘हट’ तस्बिर

हालै बिवाह गरेकी अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिभ्स पुगेकी छन् । उनले केहि दिन पहिला गौतम किचलुसँग बिवाह गरेकी हुन् । बिवाहपछ अग्रवाल हनिमुन मनाउन माल्दिभ्स पुगेकी हुन् ।

काजलले माल्दिभ्सको केही तस्बिर इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् । उनको साथमा उनका श्रीमान किचलु पनि बिन्दास मुडमा देखिएकी छन् ।

काजलले सामुन्द्री किनारमा रोमान्टिक पोज समेत दिएकी छन् । पतिसँग रोमान्टिक अन्दाजमा देखिएकी काजलका तस्बिर सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई फ्यानले निकै रुचाएका छन् ।

काजलले गत ३० अक्टुबरमा गौतमसँग विवाह गरेकी हुन् । विवाह समारोह देखि रिसेप्शनसम्मको सबै तस्बिर उनले फ्यानका लागि सार्वजनिक गरेकी थिइन् ।

सन् २००४ मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । यसै बर्ष उनी ‘सिंघम’मा पनि देखिएकी थिइन् ।

काजल साउथ फिल्मकी निकै ठुलो स्टार हुन् । साउथ फिल्म उद्योगमा उनले २००७मा ‘लक्ष्मी कल्याण’ फिल्मबाट डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७