समाचार

प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बने हितेन्द्रदेव शाक्य

प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बने हितेन्द्रदेव शाक्य

हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।

ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंका अुनसारा आजैदेखि शाक्यले पद सम्हाल्ने बताए।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए।

अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७