मनोरञ्जन

अर्को हिन्दी गीत ‘तु मेरा नही’ मा अदितीको अभिनय (भिडियो)

अर्को हिन्दी गीत ‘तु मेरा नही’ मा अदितीको अभिनय (भिडियो)

अदिती बुढाथोकीले अभिनय गरेको हिन्दी गीत युट्युबमा सार्वजनिक भएको छ। अमाल मलिकको स्वर संगीत रहेको ‘तु मेरा नही’ बोलको गीतको भिडियोमा उनी अमालसँगै देखिएकी हुन्। दुबईमा खिचिएको गीतको भिडियोले गीत सार्वजनिक भएको दुई दिनभित्रै लाखौं भ्यूज पाएको छ।

बलिउडका चर्चित फिल्महरुमा संगीतकार र गायकका रुपमा काम गरेका अमालको यो पहिलो पप गीत हो। ‘कबिर सिंह’, ‘सनम रे’, ‘एमएस धोनी’, ‘रोय’, ‘कपूर एन्ड सन्स’ जस्ता फिल्ममा अमालको स्वर तथा संगीत सुन्न सकिन्छ।

‘तु मेरा नही’ गीतको टिजर आएलगत्तै अदितीले इन्स्टामा अमालसँग खिचेको फोटो शेयर गर्दै लेखेकी थिइन्, ,‘यो गीत मेरा लागि एकदमै स्पेसल छ। यस्तो गीतमा काम गर्ने मौका दिएकोमा अमाललाई धेरै धेरै धन्यवाद! हरकोहीले यो गीतमा आफूलाई पाउनुहुनेछ भन्ने विश्वास छ।’

अदितीले ‘कृ’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७