मनोरञ्जन

हनिमुन मनाउन दुबई पुगिन् नेहा

हनिमुन मनाउन दुबई पुगिन् नेहा

मुम्बई । हालै रोहनप्रित सिंहसँग विवाह गरेकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउन दुबई पुगेकी छन् ।हालै नेहाको विदेशको भिडियो सार्वजनिक भएको छ । उनले नै आफ्नो इस्टाग्राममार्फत होटलको भिडियो शेयर गरेकी हुन् । भिडियोमा सेतो र रातो कलरको फूलले दिल बनाइएको छ ।

यस अगाडि नेहाको मुम्बई एयरपोर्टको भिडियो बाहिर आएको थियो । भिडियोमा नेहा कफि खाँदै गरेको अवस्थामा देखिएकी छन् । जहाँ नेहा निकै खुसी देखिएकी छन् । नेहाले रोहनप्रितसँग गत २४ अक्टुवरमा बिवाह गरेकी हुन् । उनको बिवाहको हरेक क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नेहा र रोहनप्रित केही समय अगाडिदेखि एक अर्काेको डेटमा रमाउँदै आएका थिए । नेहाभन्दा रोहनप्रित ७ वर्षले कान्छा छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७