मनोरञ्जन

अमेरिकामा सविनसँग खुलेको वर्षाको प्रेम

अमेरिकामा सविनसँग खुलेको वर्षाको प्रेम

नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडेपछि कोरोनामा किन अमेरिका उडिन भनेर चर्चा भयो । उनी, अमेरिका पुगेको दुई साता भैसक्यो । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ ।

उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनसँगले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षाले आफू विशेष कामले अमेरिका आएको र सो समयमा सविनसँगसँग भेटघाट गरेको बताएकी छिन् । सविनसँग र वर्षाको चिनजान भएको डेढ बर्ष भयो । यस भन्दा अगाडि अमेरिका पुग्दा वर्षा र संजिवको प्रेमको खबर बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७