मुख्य समाचार

बेहुलाको घरबाट मलामी जानुपर्दा रोकिएन कसैको आँँखामा आँँसु

बेहुलाको घरबाट मलामी जानुपर्दा रोकिएन कसैको आँँखामा आँँसु

चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै गरेको जीप दाङको रिहार नजिकै दुर्घटना हुँदा ६ जनाको निधन भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, दुलाहाकी आमा ४५ वर्षीया बिमला खत्री र दुलाहाका भतिजा ३ वर्षीय प्रविण केसी, ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका –१२, का ७८ वर्षीय दत्तबहादुर खत्रीको निधन भएको हो।

बिहेको रमाइलोमा रहेको शम्शेरगञ्ज गाउँ दुर्घटनाको खबरलगत्तै शोकमा डुबेको छ । शम्शेरगञ्ज बजार बन्द गरी स्थानीयहरु केसी परिवारको घरमा पुगेका छन् ।

चितवनबाट बेहुली लिएर फर्कँदै गर्दा जन्तीलाई भोक लागेको भन्दै बेहुलाका बुवा–आमाले दाङको भालुबाङ मौरीघाटमा खसी काटेर खाने व्यवस्था मिलाएर आफूहरु घरमा व्यवस्थापन गर्ने भन्दै अगाडि निस्किएका थिए

मौरिघाटबाट सबैभन्दा छिटो घर पुग्ने भन्दै निस्किएका बेहुलाका बुवाआमा चढेको जीप दुर्घटनामा पर्‍यो । बेहुला–बेहुली र जन्तीले घर पुगेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएका थिए ।

दुर्घटनामा घाइते भएकी ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भैरहेको छ भने जिल्ला अस्पताल दाङमा मृतकहरुको शव पोष्टमार्टम गरी बिहीबार राति नै अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal