मनोरञ्जन

आज ‘ऐश्वर्य गर्ल’ दीपिकाको जन्मदिन, कती बर्षकी भइन् उनी ?

आज ‘ऐश्वर्य गर्ल’ दीपिकाको जन्मदिन, कती बर्षकी भइन् उनी ?

ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका दीपिका प्रसाँईले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । २०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका । २४ बर्षकी भइन् । दीपिकालाई जन्मदिनको अवसरमा उनका फ्यान, चलचित्रकर्मीले शुभकामना दिइरहेका छन् ।

सुरूवाती चरणमा निकै चम्किइकी नायिका दीपिका, पछिल्लो समय भने सस्ताएकी छन् ।पहिलो चलचित्रबाट नै उनले धमकेदार प्रस्तुती दिइन् । यसपछि उनले चलचित्र ‘छक्का पन्जा ३’ जस्तो ब्लकबस्टर चलचित्रमा काम गरिन् । चलचित्रका उनले निर्वाहा गरेको भूमिकालाई दर्शकले अत्याधिक रुचाए ।

तर, दुइवटा बलियो चलचित्रमा काम गरेपछि भने उनको करिअर सुस्ताएको छ । दीपिकाले केही चलचित्रमा काम गरिसकेकी छिन् भने केही चलचित्रमा काम गर्ने चर्चा पनि चलेको छ ।

यसैविच, स्वास्थ्य समस्याका कारण उनले चलचित्र ‘कृष्ण लीला’ छाडेकी छिन् । गतबर्ष निर्देशक दिवाकर भट्टराइसँग वैवाहिक जीवनमा जोडिएपछि दीपिका घरयासी जीवनमा पनि व्यस्त छिन् ।

दीपिकाबाट नेपाली चलचित्र क्षेत्रले आशा गरेको छ । उनलाइ लामो रेसको घोडाको रूपमा हेरिएको थियो । तरपनि उनी सुस्ताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७