मुख्य समाचार

बीपीको सपना अधुरा छन् पूरा गर्न म सभापतिमा उठ्छु : शशांक

बीपीको सपना अधुरा छन् पूरा गर्न म सभापतिमा उठ्छु : शशांक

कांग्रेसका संस्थापक नेता तथा आफ्ना पिता बीपी कोइरालाको अधुरो सपना साकार पार्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्।

कांग्रेसको जारी केन्द्रीय समितिमा भाग लिन बिहीबार पार्टी मुख्यालय सानेपा आएका महामन्त्री कोइरालाले पत्रकारहरूसँग भने- मैल राजनीति गर्नु परेको बीपीको अधुरो सपनालाई साकार पार्न हो। प्रतिष्ठित मेडिकल क्षेत्र छाडेर म राजनीतिमा आएको हुँ,’ त्यसैले ‘बीपीको अधुरो सपना पूरा गर्न निश्चय नै म सभापतिमा उठ्छु।’

महामन्त्री कोइरालाले जो-जो बीपीको सिद्धान्तमा अविचलित भएर लागिरहेका छन् उनीहरु सभापतिका लागि सक्षम रहेको तर्क गरे।

बीपीको सिद्धान्तमा अविचलित भएर लागिपरेका साथीहरू सबै कोइराला परिवारका सदस्य हुन्। मेरो त रगतको नातामात्रै हो,’ कोइरालाले भने, ‘धेरै साथीहरूले तपाईं सभापति हुनुपर्छ भन्नुभएको छ, त्यतिले पुग्दैन। हाम्रा साथीहरूको राय के छ, त्यसमा निर्भर रहन्छ।’

शुक्रबारदेखि सुरू हुने महासमिति बैठकले पार्टीलाई थप गति दिने कोइरालाले बताए।

महाधिवेशन नआउन्जेल सभापति शेरबहादुर देउवालाई सहयोग गरेर अघि बढ्ने र पछि साथीहरुको राय सुझावअनुसार अघि बढ्छु उनले भने

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal