मुख्य समाचार

सरकार निरंकुश बन्दै : राष्ट्रपति कार्यालय अगाडि फोटो खिच्दा पत्रकार पक्राउ

सरकार निरंकुश बन्दै : राष्ट्रपति कार्यालय अगाडि फोटो खिच्दा पत्रकार पक्राउ

काठमाडौं –
राष्ट्रपति कार्यालय (शीतल निवास) मा समाचार संकलन गर्न गएकी एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली समाचार पोर्टल देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहलाई प्रेस पास बोकेरै फोटो खिचिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महंगो गाडी खरिद गर्न लागिएको विषयमा प्रतिकात्मक रुपमा विरोध गर्न आयोजित प्रदर्शनमा फोटो खिच्दाखिच्दै प्रहरीले पत्रकार शाहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी शाहलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको छ । यसरी फोटो खिचेकै भरमा पत्रकारलाई पक्राउ गरेर सरकार निरंकुशता तर्फ उन्मुख भएको भन्दै सर्वत्र बिरोध भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal