समाचार

कोरोना संक्रमणबाट मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कोरोना संक्रमणबाट मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनको कात्तिक १० गते सोमबार कोभिड पुष्टी भएको थियो ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हाल उन आईसियूमा उपचार भइरहेको छ।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको अनुमान व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७