स्वास्थ्य

कोरोना सङ्क्रमण भयो ? यी नम्बरमा सम्पर्क गरेर डाक्टरसँग सल्लाह लिनुहोस्

कोरोना सङ्क्रमण भयो ? यी नम्बरमा सम्पर्क गरेर  डाक्टरसँग सल्लाह लिनुहोस्

सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । उक्त अस्पताल बनाउने जिम्मा नेपाल प्रहरी अस्पतालाई दिइको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार सो कुराको जानकारी दिएका छन् ।

घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन अनुरोध

मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ ।

घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन डा.गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७