मनोरञ्जन

दुर्गेशले ल्याए ‘ह्याप्पी तिहार-२’, पल शाहको पनि अभिनय (भिडियो)

दुर्गेशले ल्याए ‘ह्याप्पी तिहार-२’, पल शाहको पनि अभिनय (भिडियो)

गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। बिहीबार उनले युट्युबमार्फत् ‘ह्याप्पी तिहार- २ डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका हुन्।

थापालाई गायनमा अर्का गायक योगेश काजीले पनि साथ दिएका छन्।

गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ। गीतमा पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको छ । गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

गत वर्ष थापाले तिहार लक्षित डन आयो डन नामक गीत सार्वजनिक गरेका थिए। उनक प्राय गीत बिवाद र चर्चामा रहने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७