प्रदेश

पोखरामा इन्जिनियरहरुलाई अवसर : प्रदेश र महानगर दुवैले करारमा पदपूर्ति गर्ने

पोखरामा इन्जिनियरहरुलाई अवसर : प्रदेश र महानगर दुवैले करारमा पदपूर्ति गर्ने

गण्डकी प्रदेश र पोखरा महानगरपालिकामा लामो सयमसम्म प्राविधिक कर्मचारीको अभाव भएपछि करारमा कर्मचारी नियुक्ति गर्ने तयारी गरेको छ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिक कर्मचारीकै अभावमा प्रदेश सरकारले ल्याएको बजेट, नीति, तथा कार्यक्रम कार्यान्वयनमा असर पर्ने देखिएपछि करार नियुक्ति गर्ने तयारी गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार मन्त्रालयलाई ३९ जना इन्जिनियर आवश्यक परेकामा अहिले २३ जना र ९२ जना सब-इन्जिनियर आवश्यक भएकोमा ४८ जना मात्र कार्यरत रहेको बताए ।

उनका अनुसार निकट भविश्यमै सूचना जारी गरी प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्ने प्रक्रिया बढाइने छ । करारमा कर्मचारी नियुक्ति गर्न निजामती ऐनले पनि नरोक्ने हुनाले प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्न मन्त्री परिषद्मा फाइल पठाइएको जानकारी दिए ।

त्यस्तै महानगरपालिकामा पनि अहिले एक जना इन्जिनियरले २ वटा वडा हेरिरहेकोो र अब एक वडा एक इन्जिनियर राख्ने तयारी गरेको छ । जनतालाई सहज रुपमा सेवा दिनका लागि कर्मचारी व्यवस्थापन गर्दै लगिने पोखरा महानगरपालिका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal