मुख्य समाचार

दर्जन बढी भाषा बोल्ने १३ वर्षीय पर्यटक गाइड राहुल कहाँ गायब भए ?

दर्जन बढी भाषा बोल्ने १३ वर्षीय पर्यटक गाइड राहुल कहाँ गायब भए ?

बुद्ध जन्मस्थल लुुम्बिनी र कपिलवस्तुुको तिलौराकोट घुुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई उनीहरूकै भाषा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने कपिलवस्तुका राहुल सहनी बेपत्ता भएका छन् ।

आफ्नो छोरा हराएको भन्दै राहुुलका बुवा रिक्नुु सहनीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दिएपछि घट ना बाहिर आएको हो ।

कपिलवस्तुको तौलिहवा घर भएका सहनी सोमवार बिहानदेखि बेप त्ता भएका हुुन् । उनी स्कूल जान्छुु भनेर, बिहान ९ बजे साइलक र झोला लिएर घरबाट निस्किएका थिए ।

विभिन्न देशका दजनौं भाषा बोल्न सक्ने १३ वर्षीय सहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

सहनीका बुवा रिक्नुुले छोराको खोजी गरिदिन बिलौना गरे । उनले भने, ‘सोमबार बिहान साइलक र स्कूल झोला लिएर घरबाट निस्केको थियो । साँझसम्म पनि घर नआएपछि हामीले जताततै खोजी गरियो । आफन्तहरूकोमा पनि सम्पर्क गरियो । कतै नभेटिएपछि प्रहरीकहाँ खोजीका लागि निवेदन दिएका हौं ।’

सहनी पर्यटक गाइडको काम गरेर पैसा कमाउँथे । उनका बुवाआमा किसान हुन् । घरमा बलियो आर्थिक स्रोत थिएन । उनका भाइबहिनी पनि स्कूल पढ्छन् । सिद्धार्थ बोर्डिङ स्कूल तैलिहवामा कक्षा ६ मा पढ्ने सहनी आफ्नो विद्यालयको शुुल्क आफ्नै कमाइले तिर्थे ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुुका प्रमुुख एसपी नवराज अधिकारीले सहनीको खोजी जताततै भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।

राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई वर्ष भएको थियो । बुद्धले २९ वर्ष बिताएको दरबारनजिकै घर रहेका राहुललाई तिलौराकोटको विषयमा सबै कुराको जानकारी थियो ।

उनको घरमा कपिलवस्तुको बारेमा लेखिएका किताबहरू प्रशस्त भेटिन्छन् । कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ६ मा पढ्ने राहुल बाल टूर गाइड थिए । विद्यालयबाट छुट्टि भएपछि उनी तिलौराकोट गेट छिर्थे । त्यहाँ आउने स्वदेशी/विदेशी जुनसुकै पर्यटकलाई पनि गाइड गर्थे ।

सानै उमेर भए पनि उनी निकै पाको र भलाद्मी थिए । तिलौराकोटको पूर्वीद्वारदेखि पश्चिमद्वारसम्मका सबै पुरातात्विक वस्तुहरूको उनलाई ज्ञान छ । तिलौराकोट उत्खननको शुरूआतदेखिको जानकारी उनलाई सबै थाहा छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७