अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाबाट मृत्यु भएका व्यक्तिले जिते चुनाव !

अमेरिकामा कोरोनाबाट मृत्यु भएका व्यक्तिले जिते चुनाव !

अमेरिकाको नर्थ डकोटामा व्यापारी तथा र्‍यान्चर डेभिड आन्दाल कोभिडका कारण अक्टोबर ५ मै बितेका थिए तर त्यसको एक महिनापछि भएको चुनावमा उनी विजयी भएका छन् ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा उनी विजयी भएका हुन् । रिपब्लिकन पार्टीका उम्मेदवार आन्दालले नर्थ डकोटाको एट्थ डिस्ट्रिक्ट जितेका हुन् । त्यहाँको अर्कोे सीटमा रिपब्लिकन पार्टीकै डेभ नेहरिङले जित्ने अनुमान गरिएको छ ।

आन्दालको मृत्यु अक्टोबरमा हुँदा उनले चुनाव जिते के हुनेछ भनी प्रश्न उठेको थियो । त्यहाँका महान्यायाधिवक्ताले यस परिस्थितिलाई राजीनामा दिएको वा सेवानिवृत्त भएको भने जस्तो गरी लिइने राय जाहेर गरेका थिए । यसको अर्थ हुन्छ, रिपब्लिकन पार्टीले उनको सीटमा आफ्नो प्रतिनिधि नियुक्त गर्न पाउँछ ।

नर्थ डकोटामा कोरोनाभाइरसका केसहरूको संख्या निकै ठूलो छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७