मनोरञ्जन

राजेश हमालको गरिबलाई ३ करोडको जग्गा दानः सुकुम्बासी बने रातारात करोडपती

राजेश हमालको गरिबलाई ३ करोडको जग्गा दानः सुकुम्बासी बने रातारात करोडपती

महानायक राजेश हमाल पैत्रिक सम्पत्तीका कारण पनि सम्पन्नशाली छन् । सम्पन्नशाली परिवारमा जन्मिएका हमाललाई उनका बुवाले डाक्टर बनाउन चाहन्थे । तर उनी बुवाको इच्छा विपरित कलाकार बने ।

महानायकले गरेको एउटा योगदानका कारण अहिले ४ वटा विपन्न परिवार करोडपति बनेका छन् । उनले करिब ३ करोड मुल्य पर्ने जग्गा चार परिवारलाई दान दिएका छन् । फलामको काम गर्ने र खेती किसानी गर्ने थारु समुदायका परिवारलाई राजेश हमाल र उनका भाई राकेश हमालले ३ कठ्ठा जग्गा दान दिएका हुन् ।

यस अघि राजेश हमालकै परिवारलाई कामले सहयोग गर्नेहरुलाई उनीहरुले जग्गादान दिएका हुन् । हमालकै जग्गामा कमाएर खाने, फलामको काम गर्नेहरुलाई जग्गादान दिएका हुन् ।

सिजी ग्रुप नजिकको जमिन जसको अहिले एक कठ्ठाको झण्डै एक करोड रुपैया पर्छ । उनले आफ्नो परिवारको आश्रयमा बसेकाहरुलाई जग्गा दान दिएका हुन् ।

राजेश हमालको हजुरआमाको निधन हुनुअघि उनकै इच्छा बमोजिम ति परिवारलाई जग्गा दान दिइएको हो । नवलपरासीको नवलपुरमा लामो समय सम्म बसेका हमालको त्यहाँ अरवाैँ मुल्य पर्ने जमिन छ ।

नेपाली कांग्रेसमा सकृय हमालका भाई राकेश हमालको केही समय अघि निधन भयो । उनी निधन हुनु अघि यो जमिनमा जाने गर्थे । जग्गा दान दिएकाहरुलाई पनि भेट्ने गरेका थिए । दुई वर्ष अघि मात्र हमाल परिवारले दान दिएका हुन् । यसबारेमा हमाल परिवारले खासै चर्चा नगरी जग्गा दान दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७