मुख्य समाचार

कालीगण्डकी करिडोरमा पहिराे: ५ जना मजदूरकाे मृत्यु, २ घाइते

कालीगण्डकी करिडोरमा पहिराे: ५ जना मजदूरकाे मृत्यु, २ घाइते

नवलपरासी, २० कार्तिक । कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिराे खस्दा पहिराेमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको छ ।

नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिराे जाँदा त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको हो ।मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सबै बुलिङ्टार– ४ का रहेका छन् । जसमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएकाे र उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेकाे प्रहरीकाे भनाइ छ । हाल घाइते दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७