मनोरञ्जन

४९ वर्षमा पनि निकै हट र ग्ल्यामर छिन् तब्बु [फोटो फिचर]

४९ वर्षमा पनि निकै हट र ग्ल्यामर छिन् तब्बु [फोटो फिचर]

दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ ।

४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । उनी आफ्नो छालाको विशेष स्याहार गर्छिन् ।

सन् १९८५ मा देवानन्दको हम नौजवान नामक फिल्ममा बालकलाकारको भूमिका निभाउँदै बलिउड तब्बुले बलिउड यात्रा थालेकी थिइन् । मुख्य भूमिकामा उनले अभिनय गरेको पहिलो फिल्म १९९१ मा प्रदर्शित कुली नम्बर वान हो ।

बीबी नम्बर वान, हम साथ साथ हैं, विरासत, चाँदनी बार, मकबुल, द नेमसेक, चिनी कम, दृश्यम्, अन्धाधुनलगायत उनका हिट चलचित्र हुन् । उनले दुई राष्ट्रिय फिल्म अवार्डस्, ६ वटा फिल्मफेयर अवार्ड र किर्तिमानी रुपमा चारपटक फिल्मफेयर उत्कृष्ट अभिनेत्री अवार्ड जितेकी छिन् । २०११ मा भारत सरकारले उनलाई पद्म श्री अवार्डबाट विभूषित गरेको थियो ।

तब्बु सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना फेसनेबल फोटो शेयर गर्छिन् । माथिको तस्विरमा तब्बुले लाइट कलरको सर्ट ड्रेस लगाएको देखिन्छ, अफ सोल्डर सर्ट ड्रेसमा उनी निकै सुन्दर देखिन्छिन् । उनी लाइट मेकअप लगाउन रुचाउँछिन् ।

उनी अझै अबिवाहित छन् जसका कारण पनि बलिउडमा उनको निकै चर्चा हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७