प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिने भन्दै सबैलाई निम्ता रहेको बताएका छन् ।
यश कामका लागि तिव्र गतिमा काम भइरहेको उनको भनाई छ । नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत गरिने उनले बताए ।
सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी रहेको प्रधानमन्त्रीले खुलाएका हुन्।
हिजो विरोध गर्नेको स्वर रेकर्डेड रहेको भन्दै उनले कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् होला भन्ने प्रश्न गरे ।
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले रेल आउनबाट कसैले रोक्न नसक्ने भन्दै विमानस्थल, बाटाघाटालगायत सबै पूर्वाधार ब्यवस्थित गरिने समेेेत बताए।