समाचार

चीनमा भएको कोइला खानी दुर्घटनामा ८ जना वेपत्ता

चीनमा भएको कोइला खानी दुर्घटनामा ८ जना वेपत्ता

चीनको उत्तरपश्चिमी प्रान्त शान्सीमा अवस्थित एक कोइला खानीमा बुधबार भएको ग्यास विस्फोटमा परी आठ व्यक्ति वेपत्ता भएका समाचार प्राप्त भएको छ । स्थानीय समयानुसार बुधबार अपराह्न १ बजे दुर्घटना भएको यस अवस्थामा ४२ कामदार कार्यरत रहेका आकस्मिक उद्धार सेवा समूहले जानकारी दिएको छ ।

दुर्घटनाको समयमा खानीमा काम गरिरहेका ३४ कामदारलाई सुरक्षित उद्धार गरिएको पनि सो समूहले जानकारी दिएको छ । वेपत्ता व्यक्तिहरुको खोजी र उद्धारकार्य जारी रहेको सो स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७