मुख्य समाचार

भाइरल पुण्य गौतम पक्राउ

भाइरल पुण्य गौतम पक्राउ

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधवार मध्यान्ह नेपाल आउँदैछन् । नेपाल–भारत सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण उनको नेपालमा चर्को अालोचना भएको छ ।

यसैक्रममा नेपालको औपचारिक भ्रमणमा आउने नरवणेलाई ‘कालो झण्डा देखाउने’ अभिव्यक्ति दिएपछि प्रहरीले पुण्य गौतमलाई पक्रेको छ । भारतीय सेनाध्यक्षको भ्रमणबारे गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताए थिए ।

गौतमलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७