अन्तर्राष्ट्रिय

बिहारमा आज दोस्रो चरणको मतदान जारी

बिहारमा आज दोस्रो चरणको मतदान जारी

१८ कात्तिक, बिहारमा विधानसभा निर्वाचनअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । २४३ सिटको विधानसभाको लागि मंगलबार ९४ सिटको लागि मतदान भइरहेको । यसअघि गत अक्टोबर २८ मा भएको पहिलो चरणको निर्वाचनमा ७१ सिटको लागि मतदान भएको थियो ।

बिहारमा नितिशकुमार लगातार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । लालु यादवको अनुपस्थितिमा उनका छोरा तेजस्वी यादव पनि मुख्यमन्त्रीको दौडमा छन् । बिहारमा नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ । त्यस्तै भारतका अन्य राज्यहरुमा ५४ सिटको लागि मंगलबार उपनिर्वाचन भइरहेको छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७