स्वास्थ्य

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु

सुरेश हमाल

पोखरा — कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ की ५९ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएपछि कात्तिक १४ गते उनी अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा.अर्जुन आचार्यका अनुसार मुटुको भल्भ फेरेकी उनी निमोनियाबाट समेत ग्रसित थिइन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७