खेलकुद

विद्यासुन्दरले ब्याटिङ गरे …

विद्यासुन्दरले ब्याटिङ गरे …

चौथो वार्षिक नेपाल पाकिस्तान मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरे।

प्रतियोगिताको उद्घाटनपछि मेयर शाक्यले पाकिस्तान एम्बेसीले गरेको यस्ता खाले खेलकुद गतिविधिले दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताए ।

त्यस्तै, पाकिस्तान एम्बेसीका राजदुत मजहर जाभेदले एम्बेसीले गरेको वार्षिक खेलकुद गतिविधिमा नेपाली युवाको संलग्नताले आफु सन्तुष्ट रहेको बताएका छन् ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेका छन् । प्रतियोगिता २१ डिसेम्बरसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal